आज शिवम् सिमेन्टसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
४ चैत, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ को विन्दुमा पुगेको छ ।
आइतबार शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ४१ करोड ६४ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको २३ करोड ७ लाख ९१ हजार, अपर तामाकोशी हाइड्रोपावरको १३ करोड ७८ लाख ९१ हजार रुपैयाँ, घोराही सिमेन्ट इन्डस्ट्रीको ११ करोड २६ लाख २८ हजार रुपैयाँ र गाेर्खाज फाइनान्सको १० करोड ५७ लाख ४६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १५:१६












