कुष्ठरोग निवारण अभियान
२ चैत, कञ्चनपुर । कञ्चनपुरका ६ वटा नगरपालिकामा कुष्ठरोग निवारण अभियान सञ्चालन हुने भएको छ । महाकाली, भीमदत्त, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिकामा कुष्ठरोगी खोजी अभियान सञ्चालन हुन लागेको हो ।
चैत ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने अभियानका लागि आवश्यक सामग्रीसहित जनशक्तिलाई परिचालन गरी गाउँ÷गाउँ पुगेर कुष्ठरोगी खोजी गर्न लागेको हो । यसकालागी एक सय ४० स्वास्थ्यकर्मी र ६१८ महिला स्वास्थ्य स्वयंसेविका परिचालनका लागि तालीम दिइएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी हेमराज जोशीले बताए ।
उपचारमा पहुँच पुग्न नसकेका, लुकेर बसेका र उपचारका बारेमा जानकारी नभएका रोगीलाई उपचारका लागि ल्याइने भएको छ । उपचारमा आएका नयाँ ५२ कुष्ठरोगीमध्ये ४७ जना उपचाररत छन् भने अन्य पाँचजना उपचारपछि रोग निको भई घर गएका छन् ।
प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार १३:३५