फागुन महिनाको अन्तिम कारोबार दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता
३० फागुन, काठमाडौँ । फागुन महिनाको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय आठ दशमलव ७२ अङ्कमा कायम भएको छ ।
आज तीन सय १० कम्पनीका एक करोड आठ लाख ८९ हजार छ सय ३४ कित्ता शेयर ७३ हजार पाँच सय छ पटक खरिद बिक्री हुँदा रु चार अर्ब २४ करोड ८५ लाख २३ हजार तीन सय ३२ बराबरको कारोबार भएको छ ।
बुधबार सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज कम्पनीको २५ करोड ५३ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको २० करोड ६९ लाख ८३ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २० करोड ६३ लाख ३८ हजार रुपैयाँ, अपर तामाकोशीको १५ करोड ५४ लाख ४८ हजार रुपैयाँ र गाेर्खाज फाइनान्सको १३ करोड ७७ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १५:४१












