४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

अपर तामाकोशीमा नकारात्मक सर्किट, १८३ रुपैयाँ ६० पैसामा नै कम्पनीकाे सेयर

३० फागुन, काठमाडाैँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य बजार खुलेकाे केही समयमा नै नकारात्मक सर्किट लागेको हाे ।

कम्पनीकाे मूल्य अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको तुलनामा १० प्रतिशतले घटेपछि बजार खुलेको केही मिनेटमै नकारात्मक सर्किट लागेको हो । निरन्तर घटेर कम्पनीकाे सेयर मूल्य १८३ रुपैयाँ ६० पैसामा आइपुगेको छ । हिजो २०० रुपैयाँ भन्दा माथि कारोबार भइरहेको यस कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले घटेर १८३ रुपैयाँ ६० पैसा झरेकाे हाे ।

बजारमा यो कम्पनीको १०० प्रतिशत अर्थात १० करोड ५९ लाख कित्ता हकप्रद सेयर कारोबारका लागि सूचीकृत भएपछि त्यसको प्रभाव मूल्यमा देखिएको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १३:२७