५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२९ फागुन, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले बढेर २१११.२१ विन्दुमा पुगेको छ। यस दिन ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख ९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

मंगलबार सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज कम्पनीको ३७ करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको २४ करोड ९ लाख ६२ हजार ,सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख २९ हजार रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको १५ करोड ७१ लाख ८६ हजार रुपैयाँ र माउन्टेन इनर्जीको ११ करोड ११ लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १५:२८