१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

देशभरका प्रहरीलालाई गृहमन्त्रीको अपिलः मैले सलाम गर्ने गरि काम गर्नुहोस्

२९ फागुन, काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरका प्रहरीलालाई इमान्दार भएर कानुन कार्यान्व्यनमा लाग्न निर्देशन दिएका छन । सामाजिक सञ्जाल मार्फत गृहमन्त्री लामिछानेले मंगलबार बिहान यस्तो निर्देशन दिएका हुन ।

यस्तो छ गृहमन्त्री लामिछानेको निर्देशन

देश भरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल:
देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल ( पार्टी वाला होइन, देश वाला)!!

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १०:४१