२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025

झापाको दुई महिलालाई मानव बेचबिखन मुद्दा

२ चैत, झापा । झपाको दुइजना महिलालाई मानव बेचबिखनको अभीयोगमा मुद्दा दर्ता भएको छ । महिलालाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाँदै गर्दा बिहीबार पक्राउ परेका हुन् ।

विदेश पठाइदिने भन्दै तीन महिलालाई भद्रपुर नाका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका भद्रपुर–१० निवासी ५० वर्षीया लीला भट्टराई र वुद्धशान्ति गाउँपालिका–३ निवासी ४८ वर्षीया मिङ्मा शेर्पालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ११:२२