प्रभु बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने
२८ फागुन, काठमाडौँ । प्रभु बैंक लिमिटेडको मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै मोबाइल बैंकिङ सिर्भसको मर्मत सम्भारका लागि यहि फागुन २९ गते मंगलबारका दिन बैंकको मोबाइल बैंकिङ सेवा ६ घण्टाका लागि अवरुद्ध हुने जनाएको हो ।
उक्त दिन बिहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाइल बैकिङ सेवा अस्थायी रुपमा बन्द रहने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । यसले ग्राहक वर्गमा पर्ने असुविधाका लागि बैंकले क्षमायाचना गरेको छ ।
प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार ०९:२८