८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

मैत्रीपूर्ण टी–२० क्रिकेटः हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

२६ फागुन, काठमाडौँ । नेपाल र हङकङबीचको मैत्रीपूर्ण टी–२० क्रिकेटमा हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभर खेल्दै हङकङले चार रनको क्षतिमा २१२ रन बनाउन सक्यो । नेपालका लागि अाकाश चन्दले सर्वाधिक तीन वीकेट लिए भने प्रतिश जिसीले १ विकेट लिए । अब नेपालले जितका लागि २१३ रनको योगफल तयार गर्नुपर्छ ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते  हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् । आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार १३:२५