१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

जिप दुर्घटना हुदा चालकको मृत्यु


२ चैत, म्याग्दी । म्याग्दीको बेनी सडकखण्ड जलेश्वरमा गएराति भएको बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु भएको छ ।

सामान छोडेर गलेश्वरदेखि बेनीतर्फ आउँदै गरेको ग २ च ४०४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा शख्त घाइते भएका चालक रकबहादुर सुनारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मालिका गाउँपालिका–४ घर भएका करिब २८ वर्षका सुनारको शव परीक्षणको लागि बेनी अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए ।

दुर्घटनामा परेको उक्त बोलेरो जिप सडकबाट करिब १५ मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार १०:२१