एमाले सचिवालय बैठक जारी
२५ फागुन, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक जारी रहेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको एमालेले जनाएको छ ।
बैठकमा पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल भइरहेको उपमहासचिव प्रदीप ज्ञवालीले जनाए ।
प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार १०:५४