१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

स्वास्थ्य र वन मन्त्रालयको भाग पाउने भएपछि सरकारमा जाने निर्णय गर्दै जसपा

२४ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाले आजको बैठकबाट सरकारमा सहभागी हुने निर्णय गर्दैछ । उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्रीमा जसपा अध्यक्ष उपेन्द्र यादव स्वयं जाने तयारी गरेका छन । त्यस्तै वनमन्त्रीको पनि टुंगो लगाउने छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार ०८:०३