१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

अर्थमन्त्रीमा वर्षमान पुन

२३ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी सहितको सत्ता गठबन्धनले मन्त्रालय भागबन्डा टुङ्गो लगाएको छ । बुधबार बसेको गठबन्धनको बैठकले मन्त्रालय भागबन्डामा सहमति गरेको हो ।

अर्थमन्त्रालयमा बर्षमान पुन आउने पक्का भएको छ । भौतिक मन्त्रीमा एमालेका सचिव रघुवीर महासेठ र माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री  बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने भएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १४:०९