१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

लुम्बिनीका मुख्यमन्त्रीले गरे माओवादीका दुई मन्त्री बर्खास्त

२३ फागुन, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकासमन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री चौधरीले यी दुई मन्त्रालय आफैंले राखेका छन् । माओवादी केन्द्रले पनि बुधबार नै लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १३:१८