१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

माओवादी केन्द्रले फिर्ता लियो गण्डकी सरकारलाई दिएको समर्थन

२३ फागुन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबार नेकपा (माओवादी केन्द्र) का भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई बर्खास्त गरेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १२:२७