१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, तीन मन्त्रीले दिए राजीनामा

२२ फागुन, काठमाडाैँ । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन्। उनीहरुले मंगलबार  पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् ।

कर्णालीमा कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार वीसी मन्त्री बनेका थिए । उनीहरूले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १४:०१