दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा
२२ फागुन, काठमाडौँ । दुई इन्स्योरेन्स कम्पनीले सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ । नेपाल इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको हो ।
नेपाल इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले मंसिर २७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको खातामा बोनस सेयर जम्मा गरेको हो । यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले पुस २८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको खातामा बोनस सेयर जम्मा गरेको हो ।
साथै,हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीको हकमा भने आफ्नो सेयर अभौतिकीकरण गराएपछि बोनस सेयर हितग्राही खातामा जम्मा हुनेछ ।
प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १२:४४