हुसेनको शव उठाउन किन सहमत भए आफन्त ?
६ मंसिर, विराटनगर । गोली हानी हत्या गरीएका दुहबी नगरपालिका-९ का फिदा हुसेनको शव उठाउन परिवार सहमत भएका छन् । स्थानीय प्रशासनसँगको छलफल पछि आफनत र स्थानीयले हुसेनको शव उठाउन सहमत भएका हुन् ।
गृहमन्त्रीको राजीनामा बाहेक अन्य मागहरू सम्बोधन गर्न स्थानीय प्रशासन तयार भएपछि आफन्तहरु शव उठाउन तयार भएको दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले जानकारी दिए ।

आफन्तहरुले बिहीबार विहानैदेखि हत्यामा संलग्नलार्इ कानूनी दायरामा ल्याउनु पर्ने , मृतकलार्इ शहीद घोषणा गर्नुपर्ने, राज्यले दिने राहत रकम तत्काल दिनुपर्ने, हुसेन कार्यरत विद्युत प्राधिकरणमा छोरालाई तुरन्त जागिरको व्यवस्था गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए ।
प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार १५:५९












