१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

देउवाले बोलाए पदाधिकारी बैठक

२१ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। बैठक बिहान १० बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने भएकाे छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएकाे छ । यसअघि आज बिहान कांग्रेसका सभापति देउवा र उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बालुवाटरमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। बालुवाटारबाट फर्किएर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ०९:५०