१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

प्रधानमन्त्री हुने पालो कुरेका देउवा प्रतिपक्षमा, नयाँ मन्त्रिपरिषद् आजै घोषणा हुँदै

२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री हुने पालो कुरेर बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रतिपक्षमा पुगेका छन । नयाँ सत्ता समिकरण बनेसँगै नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ ।

नेकपा एमालेको सचिवालय बैठकमा बसेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नयाँ सत्तासमिकरण तयार भएको घोषणा गरेका छन । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन हुने पनि बताएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भए पनि माओवादीबाट वर्षमान पुन, एमालेबाट पृथ्वी सुब्बा गुरूङ र रास्वपाबाट रवि लामिछानेले आजैसपथ लिने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ०९:४९