१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

एमालेको सचिवालयको आकस्मिक बैठक जारी, नयाँ गठबन्धनको खाका अनुमोदनको सम्भावना

२१ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी सचिवालय बैठकमा नयाँ सत्तागठबन्धनको खाका अनुमोदनको तयारी रहेको स्रोतले जनाएको छ । मध्यरातसम्म अध्यक्ष ओलीकै निवासमा उपाध्यक्ष विष्णु पौडेलका नेताहरूसहित बसेर एउटा खाका तयार पारेका छन ।

अहिलेको बैठकमा त्यही खाका अनुमोदन गर्ने तयारी रहेको बुझिएको छ । स्रोतका अनुसार एमाले ८ मन्त्रीसहित सरकारमा जान तयार भएको छ । शक्ति बाँडफाँडका अन्य विषय भने बाहिरआएको छैन । एमालेले उपमहासचिव पृथ्वीसुब्बा गुरूङको नेतृत्वमा सरकार सहभागी हुने निर्णय गर्ने अनुमान छ ।

बिहान ७ बजेपछि जारी बैठक अझै केहीबेर चल्ने सम्भावना रहेको छ । आतइबार ओलीले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसँग तीन पटक छलफल गरेका थिए । दोस्रो तहका केही नेताले एक सातादेखि यस विषयमा छलफल चलाइरहेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ०८:०३