१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

भोलि बिहानै सत्ता गठबन्धनको बैठक, वर्तमान गठबन्धनको अन्तिम बैठक पनि हुन सक्ने

२० फागुन, काठमाडौँ । नेपाली कांग्रेसलले संक्रमणकालीन न्यायसम्बन्धी विषयमा दोहोरो भूमिका निर्वाह गरेपछि प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहानै सत्ता गठबन्धनको बैठक बोलाएका छन । गठबन्धनमा देखिएको संकट हेर्दा यो सत्ता गठबन्धनको भोलिको बैठक नै अन्तिम बन्न सक्ने विश्लेषणहरू पनि भएका छन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको छलफलमा संक्रमणकालीन न्याय सम्बन्धी विषय ढुंग्याउन सहमति जनाएपनि कानुन समितिको बैठकमा कानुनमन्त्री समेत रहेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले समय मागेपछि उक्त बैठक पनि भोलिसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निकाटकाहरूले भने प्रचण्डले सबैको सहमतिमा यो विषय टुंग्याउन चाहेको बताएका छन ।

यसअघि कांग्रेस सभापति देउवाले पनि आफ्ना पार्टीका मन्त्रीसँग निवासमै बोलाएर छलफल गरेका छन । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएका थिए । उनले त्यहाँ मन्त्रीहरूसँग ब्रिफ्रिङ लिएका थिए भने गठबन्धन धरापमा पर्ने वा मन्त्रिपरिषद् पुनर्गठन भएरै टर्नेसम्मका कुरा पनि गरेका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार २३:१२