लाभांश र हकप्रद पारित गर्न एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै
१८ फागुन, काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज बस्दै छ । कम्पनीको १६ औं साधारण सभा आज सिमरास्थित होटल क्लासिकमा बिहान ११ः३० बजेबाट सुरू हुनेछ । सभाले गत आर्थिक बर्षका लागि ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशत अर्थात १ः०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभमा छलफल भइ पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत फागुन ८ गते एक दिन बुक क्लोज गरेको थियो । यसकाे अर्थ फागुन ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ०९:३४