७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा, सेयरधनीको हात खाली

१७ फागुन, काठमाडौँ । शिखर इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीको सभा  चैत ९ गते केन्द्रीय कार्यालय शिखर बिज सेन्टरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने घोषणा गरिसकेको छ । त्यसैले कम्पनीले सभामा लाभांश सम्बन्धि कुनैपनि प्रस्ताव गरेको छैन् । यो बर्ष यस कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ ।

सभामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निर्वाचन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ । तर, २५ र २६ गते क्रमशः शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुनेछैन । यसकारण फागुन २४ गतेसम्म नेेप्सेमा काराेबार भइ कायम सेयरधनीले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १०:१०