१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

माओवादीले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने भएको छ । बुधबार सम्पन्न सो पार्टीको स्थायी समिती बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले भने, ‘अब आउने निर्वाचनमा हाम्रो पार्टीले सिंगल नै प्रतिस्पर्धा गर्नेछ’, ‘यो विषय कार्यनीतिक विषय हो । रणनीतिक विषय होइन । तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ ।’

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १२:१८