१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

माओवादीकाे कार्यविभाजनमा जनार्दन शर्माको असहमति

१६ फागुन, काठमाडौं । माओवादीको स्थायी समितिको निर्णयमा उपमहासचिव जनादर्न शर्माले लिखित असहमति राखेका छन् । बुधबार बसेको स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको थियो ।

जनप्रतिनिधि पार्टीको इन्चार्ज नरहने नीति आफूलगायतका नेताहरुमा लागू भए पनि नारायण दाहाललाई बागमती प्रदेशको सह-इन्चार्ज बनाइएको भन्दै शर्माले असहमति जनाएका हुन् ।

‘मैले निर्णयहरूमा केही असहमतिहरू दर्ज गरेको छु । कार्य विभाजन पार्टी निर्माणलाई ध्यानमा राखेर गरिएन । विधान अधिवेशनको ह्याङओभरलाई ध्यानमा राखेर गरियो’, शर्माले भने, ‘विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने मलगायतलाई जिम्मेवारी विहीन बनाएको अवस्था र सुदूर पश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाएको लगायतका मुद्दा र त्यहाँको दलसम्बन्धी विवादमा सन्तुलित नभएको भनेर मैले असहमति राखेको छु ।’

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ११:५८