१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

राजेन्द्र महतोले छाडे लोसपा

१४ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा सोमबार कार्यक्रम गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन्।

पार्टी त्यागेसँगै वरिष्ठ नेता महतोले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानकाे घोषणा गरेका छन् । अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १४:०१