१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

अर्काे बैककमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ, संसदको अवरोध हट्याे

१४ फागुन, काठमाडाैं । सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको मागका विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन)मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । यससँगै संसदको अवरोध हटेको छ ।

यसअघि विवादित मन्त्रीहरुका सम्बन्धमा स्पष्ट रुलिङको माग गर्दै विपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक अवरोध गरेका थिए । एमाले, राप्रपा र रास्वपाको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १२:४२