२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

१४ फागुन, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार २६.८१ अंकले घटेर १९७९.०२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८७ अंकले बढेर १९८०.८९ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा १६ स्टकको ४ लाख ८८ हजार १६१ रुपैयाँ २० पैसा बराबरको १ हजार १४ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : 11:10