गणपूरक संख्या नपुगेर दुईपटक स्थगित साधार सभा नेसनल हाइड्रोपावरले पुनः बोलायो
१४ फागुन, काठमाडाैँ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभा फागुन ३० गते बाेलाएकाे छ । सभा, डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।
सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका विभिन्न वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ७ गते बुक क्लोज गरिसकेको छ । तसकाे अर्थ मंसिर ६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीले सभामा सहभागि हुन सक्नेछन् । कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते बोलाइएको सभामा सेयरधनीहरुको गणपूरक संख्या नपुगेकाले स्थगित गरिएको थियो ।
प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १०:४३












