८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

नेपाल नेदरल्याण्ड्ससँग पराजित

१३ फागुन, काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङख्लाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ ।

जितका लागि नेपालले दिएको एक सय ७३ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले ३७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउदै पूरा गर्यो । नेदरल्यान्डसको जितमा विक्रमजित सिंहले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४६ रन बनाउदा माइकल लेभिटले ३९ रन र म्याक्स ओडाउडले २८ रन जोडे ।

नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिह ऐरीले समान एक/एक विकेट लिए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै एक सय ७२ रनको योगफल बनाउन सक्यो ।

नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाए । त्यस्तै करण केसीले २६ रन बनाउदा आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झा पाँच रन बनाए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १७:१४