१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन

१३ फागुन, काठमाडौँ । निर्वाचन आयोगले इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ।आइतबार बसेको आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन २०८१ वैशाख १५ गते गर्ने निर्णय गरेकाे हाे ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ। त्यस्तै, बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएको थियो।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १३:३१