नागरिक संस्था लोकतन्त्र र सामाजिक विकासका अशली खम्बा
५ मसिंर, काठमाडौँ । नागरिक संस्थाले समाजमा विद्यमान रहेका विकृति विसंगति र सामाजिक विभेदका विरुद्धका सामाजिक जागरण ल्याउने, सरकारका अशल कार्यमा सहयोग गर्ने र लोकतन्त्र, अशल शासन, कानुनी शासन र मानवअधिकारको रक्षा गर्ने उद्देश्यकासाथ स्थापना भएका नागरिक संस्थाहरु हाल नेपालमा ३ लाख भन्दा वढी क्रियाशिल छन ।
विगतमा नागरिक संस्थाले सामाजिक, आर्थिक विकास र राजनीतिक रुपान्तरण खेलेको भूमिकाकोवारेमा सवै क्षेत्रवाट मुक्तकण्ठले प्रशंसा भएकै छ । तर पछिल्लो समयमा आएर नागरिकले नागरिक संस्थाहरुकोे कार्यशैली र आर्थिक पारदर्शिताका बारेमा जनस्तरमा खुलेर प्रश्न उठन थालेका छन । यस्तो जनगुनासो नागरिकस्तरवाट आउनु नागरिक संस्थाहरुको लागि त्यति राम्रो संकेत भने पक्कै होईन ।

यिनै सेरोफेरोमा रहेर गोगो फाउन्डेशनले काठमाडौंमा नागरिक संस्थाहरुको आन्तरिक सुशासन र स्वनियमनलाई प्रर्वद्धन गर्ने उद्देश्य राखेर १ दिने नागरिक संस्थाको अशल अभ्यास आदान प्रदान सम्वन्धी कार्यशाला आयोजना गरेको छ । नागरिक संस्थाका प्रमुख तथा प्रतिनीधि, सरकारका प्रतिनीधि, संचारकर्मी तथा युवा गरी ४४ जनाको सहभागिता रहेको थियो ।
सो कार्यशालामा ४ वटा नागरिक संस्थाले आफुले गरेका अशल अभ्यास र अनुभवहरु प्रस्तुत गरेका थिए । प्रस्तुतीकरण गर्नेमा गोगो फाउन्डेशनका कार्यकारी निर्देशक केदार खडका, हेल्भेटास नेपालका बद्री मानन्धर, जुरी नेपालका अधिवक्ता विष्णु प्रसाद पोखरेल र किर्डाक नेपालका माधवराज न्यौपाने रहेका थिए । ४ जनाको प्रस्तुतीकरण पछि कार्यशाला खुल्ला बहस तथा छलफलमा परिणत भएको थियो । खुल्ला छलफल कार्यक्रममा १३ जना नागरिक संस्थाका अगुवाले आपनो अनुभव र सल्लाह सुझाव राखेका थिए ।

नागरिक संस्थाले नेपालको सामाजिक विभेद, महिला हिंसा न्यूनीकरण गर्न, राजनीति रुपान्तरण, शिक्षा, स्वास्थ क्षेत्रको विकासमा पु¥याएको महत्वपुर्ण योगदानलाई स्मरण गर्दे नागरिक सस्थाको आन्तरिक सुशासन र स्वनियमलाई राम्रो र प्रभावकारी बनाउनु पर्नेमा सवैले जोड दिएका थिए ।
नागरिक संस्थाहरु विकास साझेदार हुनुका साथै लोकतन्त्र र मानअधिकार रक्षाका लागि अशली खम्वा रहेको कुरा सवैले प्रष्ट पारेका थिए । साथै लोकतन्त्र, मानवअधिकार र विकासका हरेक प्रक्रियामा नागरिक संस्थाहरुको सहभागीता र सहकार्य अपरिहार्य भएको कुरामा सवैले जोड दिए । कार्यक्रमको अन्तमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेले नागरिक संस्थाहरु सृजनशील क्षेत्र र सवालहरु पहिचान गरी नयाँ अभियान्ता जन्माउनु तिर लाग्नुपर्ने र सोही मार्फत सामाजिक जागरण ल्याउन सकिने कुरा राखेका थिए ।

साथै नागरिक संस्थाले कार्य गर्दा परिणाममा आधारित रहेर संचालन गर्नुपर्ने बताउदै सो नतिजाले जनताको विश्वास सजिलै जित्न सक्छ भन्ने धारणा राख्नु भएको थियो । काठमाडौं महानगरपालिकाका निर्देशक नुरनीधि न्यौपानेले नागरिक संस्थाहरु विकासका साझेदार भएकाले महानगरपालिकाले उनीहरुको संस्थागत विकास र नीति निर्माण प्रकियामा नागरिक संस्थाहरुको सहभागीता वृद्धि गर्नमा आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

गृह मन्त्रालयका उपसचिव ज्ञाननाथ ढकालले नागरिक संस्थाले विगतमा हरेक क्षेत्रका सफलता हासिल गरेको कुरा स्मरण गर्दै सबै नागरिक संस्थाहरु दुधले नुहाएका नभएरको कुरा स्मरण गर्दै नेपालमा अशल र खराव दुवै नागरिक संस्थाहरु क्रियासिल रहेको कुरा बताएका थिए । नेपाल संघीय संरचनामा गएपछि त नागरिक संस्थाहरुको महत्व, भूमिका र कार्यक्षेत्र विस्तार भएको कुरा बताएका थिए ।

नागरिक संस्थाको ७ सय ६१ वटा सरकार र उसले गरेका विकास कार्यमा सहकार्य र खवरदारी गर्नुपर्ने दायत्वि रहेको कुरा बताएका थिए । गोगो फाउन्डेशनका अध्यक्ष अनिता विन्दुको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा परियोजना व्यवस्थापक पोष्ट केसीले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १९:०७












