नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
१० फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५९१ रुपैयाँ ६८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार ६३३ रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार १६:४६












