२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

महिलाको चरित्रहत्या गरेको अभियोगमा शिवपुरीका किरण पक्राउ

१० फागुन, काठमाडौँ । महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका- ४ घर भइ हाल काठमाडौँ टोखा नगरपालिका-११ बानियाटार बस्ने  किरण थापा रहेका छन् ।

किरणलाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको हो । उनलाई थप कार्बाहीका लागि काठमाडौँ जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 15:45