६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

चिकित्सकको राजिनामा प्रकरणः कसको कुरा पत्याउने घुस माग्नेको कि दिन्न भन्नेको ?

५ मंसिर, काठमाडाैँ । वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा.डा. ध्रुवराज अधिकारीले चाकडी र घुस दिन नसक्दा आफ्नो काज सरुवा भएको आरोप लगाउँदै पदबाट राजीनामा दिएपछि यो प्रकरण बन्न पुगेको छ ।  डा अधिकारीको पक्ष र विपक्षमा हजाराैँ टिप्पणीहरू सार्वजनिक भएका छन ।  धेरैले अधिकारीलार्इ गाली गरेका छन भने केहीले समर्थन पनि गरेका छन ।

डा अधिकारीले मंगलबार उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै चाकडी र घुसको रकम पुर्‍याउन नसक्दा राजीनामा दिएको बताएका थिए । उनले लेखेको राजिनामा पत्र सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने डाक्टर अधिकारीको आरोपको खण्डन गरेको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले डा. अधिकारीलाई आठौं तहबाट नवौं तहमा बढुवा गरेर गण्डकी अस्पताल पोखरामा पदस्थापन गरिएको बताएका छन ।  तर डा. अधिकारी खटाएको ठाउँमा एक दिन पनि हाजिर नभएको उनले विज्ञप्ति मार्फत जानकारी दिएका छन । यता डा अधिकारीले भने अाफूले एक वर्षदेखि काम गरेको तलब समेत नपाएको बताएका छन ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १३:२०