त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलाे सुनसहित भारतीय नागरिक पक्राउ
८ फागुन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुन बरामद गरिएको छ । विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३५ वर्षका शरिफ अहमद अब्दुल गफर रहेका छन् । गए राती फ्लाई दुबईबाट शरिफ अहमद काठमाडौं आएका थिए। उनले अर्ध ठोस बनाएर सुन ल्याएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १३:२०