योयो युनिटीको १६ लाखको लागतमा भक्तपुर अस्पतालमा आँखा उपचार सेवा शुरु
१ चैत, भक्तपुर । भक्तपुरको अस्पतालमा योयो यूनिटीको रु १६ लाख लागतमा आजदेखी आँखा उपचार सेवा शुरु भएको छ ।
भक्तपुर अस्पताल, भक्तपुर अप्टिकल र योयो युनिटीले संयुक्त रुपमा सेवा शुरु गरेको योयो युनिटीका सचिव अरुण साँयजुले जानकारी दिए ।
भक्तपुर अप्टिकलको प्राविधिक सहयोग र अस्पतालको व्यवस्थापनमा सामान्य आँखाको शल्यक्रियासमेत गर्नेगरी सेवा शुरु गरिएको हो ।
चिकित्सकको सिफारिशबमोजिम बिरामीको आवश्यकता अनुरुप चश्माको पावर निर्माण गरी सहुलियत दरमा चश्मा वितरण गरिने उनले जानकारी दिए ।
प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार २१:१३