शिखर इन्स्योरेन्सका सेयरधनीको हात खाली, लाभांश वितरण नगर्ने
६ फागुन, काठमाडौँ । शिखर इन्स्योरेन्सका सेयरधनीहरुको हात खाली हुने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।
फागुन ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।
प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १०:४७