चालू आर्थिक वर्षको छ महिनामा वीरगञ्ज भन्सारको घाटा ३२ गुणा पुग्यो
पर्सा । देशकै प्रमुख भन्सार नाका वीरगञ्जको व्यापार घाटा चालू आर्थिक वर्षको छ महिनामा ३२ गुणा पुगेको छ । गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गुण रहेकामा चालू आवमा व्यापार घाटा ३२ गुणा पुगेको हो । आव २०७४/७५ को साउनदेखि पुससम्म रु एक खर्ब ८८ अर्ब १२ करोड ९४ लाख मूल्यको विभिन्न वस्तु आयात भएको थियो । सो नाका भएर रु पाँच अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भ
एको वीरगञ्ज भन्सार कार्यालयका भन्सार प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो ।
आयात निर्यातलाई तुलना गर्र्दा चालू आवको छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा रु एक खर्ब ८२ अर्ब ३९ करोड ९७ लाख पुगेको उहाँले बताउनुभयो । नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने निर्यात दिनानुदिन घट्दै गएको र आयात बढ्दै गएका कारण वीरगञ्ज नाकाको व्यापार घाटा बढ्दै गएको हो । नेपालमा उत्पादन भएका वस्तु विश्व बजारमा प्रतिष्पर्धा गर्न नसकेका कारण वीरगञ्ज नाकाबाट भारत तथा तेस्रो मुलुकका लागि हुने निर्यात घट्दै गएको छ भने नेपाली बजारको माग बढ्दै गएकाले सो नाकाबाट आयात दिनानुदिन बढ्दै गएको भन्सार प्रमुख पोखरेलले बताउनुभयो । गत आवको तुलनामा चालू आवको पहिलो छ महिनामा रु एक अर्ब ९१ करोड १२ लाख बराबरको वस्तुको निर्यातमा कमी आएको भन्सारले जनाएको छ ।
आव २०७३÷७४ को पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट रु सात अर्ब ६४ करोड आठ लाखको विभिन्न वस्तु निर्यात भएको तुलनामा चालू आवको सोही अवधिमा रु पाँच अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिनुभयो । नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा जुस, जाम, आयुर्वे्दिक औषधि, अन्य रेसाको कपडा, दन्तमञ्जन, फलामे पाइपलगायत रहेका छन् । आयात गरिने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, वाहन, खाद्यान्नलगायत रहेका छन् । नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि करिब १५० प्रकारका वस्तु निर्यात हुने गरेका छन् भने भारत तथा तेस्रो मुलुकबाट वीरगञ्ज नाका प्रयोग गरी तीन हजारभन्दा बढी प्रकारका वस्तु आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : January 26, 2018 at 8:01 am









