१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

एमाले सचिवालय बैठक भोलि, यस्ता छन एजेण्डा

२ फागुन, काठमाडौँ । नेकपा एमालेको आसन्न केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्न बिहीबारका लागि सचिवालयको बैठक बोलाइएको छ । दैनिकीसँग कुरा गर्दै एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले केन्द्रीय कमिटी बैठकको एजेण्डा लगायतको विषयमा छलफल गर्न बिहीबार सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

बैठक बिहीबार दिउँसो २ बजेपछि पार्टी मुख्यालय च्यासलमा बस्नेछ । बैठकमा कर्णाली प्रदेशमा यसअघिको सचिवालय बैठकले निर्णय गरेर उपसचिव बनाएको पद्मा खड्काका बारेमा केन्द्रीय निर्वाचन आयोगले गरेको निर्णय र धादिङ जिल्लाको अधिवेशन लगायतका बारेमा पनि समिक्षा हुने अनुमान गरिएको छ ।

एमाले प्रतिपक्षीमा भए पनि प्रतिपक्षीमा रहेको जस्तो व्यवहार नेताहरूबाट हुन नसकेको भन्दै चर्को आलोचना समेत भैरहेको अवस्थामा सकारकार काम कारबाही लगायतको बारेमा समेत एमाले बैठकमा छलफल हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १९:११