१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

एमालेले बोलायो सचिवालय बैठक

२ फागुन, काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। सचिवालय बैठक भोलि बिहीबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

उनका अनुसार, समसायिक राजनीतिक विषयहरुमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकको एजेण्डा आज बस्ने कार्यालय बैठकले तय गर्नेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १५:५८