६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

बुधबार हिमालयन रि इन्स्योरेन्ससहित यी कम्पनीका झुम्मिए लगानीकर्ता

२ फागुन, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सुधार आएको छ । बुधबार नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० विन्दुमा पुगेको छ। यस दिन ४ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता सेयर किनबेच भएकाे छ ।

बुधबार पनि हिमालयन रि इन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको यस दिन १७ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, गोर्खास फाइनान्सको १२ करोढ ५९ लाख रुपैयाँ, प्राइम कर्मिसियल बैंकको संस्थापक सेयरको ११ करोड ६४ लाख रुपैयाँ र जोशि हाइड्रोपावरको १० करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १५:३७