१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

एकीकृत समाजवादीका पोलिटब्यूरो र केन्द्रीय सदस्य एमालेमै फर्किए

१ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले नामै फेरेर माधवकुमार नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको पार्टीहरू विलय गराउने तयारी गरिरहेको समयमा नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्यसहितका दुई नेता नेकपा एमालेमा प्रवेश गरेका छन । मंगलबार एमाले मुख्यालय च्यासलमा आयोजित एक समारोहमा दुई नेता एमालेमौ फर्किएका हुन ।

मंगलबार समाजवादीका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय कमिटीसदस्य शंकर नारायण श्रेष्ठ  एमाले प्रवेश गरेका हुन । उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएर पार्टी मुख्यालयमा स्वागत गरे । सो अवसरमा पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेता कार्यकर्ता उपस्थित रहेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार २२:२९