१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

कांग्रेसको आर्थिक उपसमितिमा व्यापारी र ठेकेदारमात्रै, यस्ता छन संयोजक र सदस्य

२९ माघ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गते प्रारम्भ हुने पार्टी महासमितिको बैठक तयारीका लागि आर्थिक उपसमितिमा संयोजक र सदस्यहरू चयन गरेका छन ।

महासमितिको बैठक तयारीको मूल समितिका संयोजक उनले आज “आर्थिक उपसमिति” को संयोजकमा पार्टीका केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा तथा सदस्यहरुमा केन्द्रीय सदस्यद्वय उमेश श्रेष्ठ र मोहन आचार्य, बागमती प्रदेशका सभापति इन्द्रबहादुर वानियाँ र सङ्खुवासभा कांग्रेसका सभापति दीपक खड्कालाई मनोनयन गरेका हुन ।

सभापति देउवाले महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी उपसमितिले कुशलतापूर्वक निर्वाह गर्ने विश्वास लिएको उल्लेख गरेका छन ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार २२:०३