१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

आफ्नै छोरीको हत्या गर्ने आमा प्रहरी खोरमा

१ चैत, सिरहा । सिरहाको लाहानमा आफ्नै नाबालिका छोरीको हत्या गर्ने आमा प्रहरीको खोरमा पुगेकि छन् । जिल्ला अदालतले आज सिरहाको धनगढीमाइ नगरपालिका–१२ की हीरा खड्कालाई एक वर्ष पाँच महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले घरायसी विवाद भएपछि एक वर्षीया नाबालिक छोरी दिलसा खनाललाई गत भदौ ३० गते घर छेउकै सार्वजनिक इनारमा फाली हत्या गरेको ठहर भएको छ ।

खड्काले छोरी दिलसालाई इनारमा फ्यालेर पछिबाट आफू पनि त्यही इनारमा हाम फाल्दा छोरीको ज्यान गएको थियो भने इलाका प्रहरी कार्यालय लहानले खडकालाई उद्धार गरी बचाएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १८:४२