७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

शिखर इन्स्योरेन्सको खुद नाफा १९.१७ प्रतिशतले बढ्याे

२९ माघ, काठमाडाैँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ५५ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.०३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ५१ करोड ४ लाख रुपैयाँ थियो।

खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १९.१७ प्रतिशत बढेर २५ करोड ११ लाख रुपैयाँ पुगेको छ। २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा काेषमा १ अर्ब ६५ करोड रुपैयाँ रहेकाे छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा रहेको छ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ०९:५८