६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचिकृत

२६ माघ, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शुक्रबार तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा हिमालयन डिस्टीलरी, स्वावलम्बन लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हाे ।

नेप्सेमा हिमालयन डिस्टीलरीको १० प्रतिशत बोनस बापतको २४ लाख २९ हजार ५६६.६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी, स्वावलम्बन लघुवित्तको १२.३५९९ प्रतिशत बोनस बापतको १५ लाख ९५ हजार ४५ कित्ता बोनस सेयर सूचिकृत भएको हो । साथै, सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापतको १६ लाख ३३ हजार ७९५.८६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् यी तीन कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १२:४९