१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

कृषि विकास बैंकले लाभांश नदिने, ८ बैंकले बनाए सेयरधनीको हात रित्तो

२६ माघ, काठमाडाैँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।  बैंकको माघ २५ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यस बर्ष सेयरधनीहरूकाे हात खाली हुनेछ ।

साथै, बैठकले आर्थिक वर्ष २०७९/८० काे नाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । यस बैकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२० वाणिज्य बैंकहरूमध्ये हालसम्म १२ बैंकहरूले मात्रै सेयरधनीका लागि लाभांश वितरण गर्ने घाेषणा गरिसकेका छन् भने ७ बैंकहरूले लाभांश वितरण नगर्ने घाेषणा गरेका थिए। अब कृषि विकास बैंकसहित लाभांश वितरण नगर्ने बैंकहरूकाे संख्या ८ पुगेकाे छ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १०:३९