६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेपाल रिपब्लिक मिडिया नोक्सानीमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

२६ माघ, काठमाडाैँ । नेपाल रिपब्लिक मिडियाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीकाे सञ्चालन आम्दानी १५ करोड ७९ लाखबाट घटेर ८ करोड ७० लाख रुपैयाँमा झरेको छ ।  मिडियाको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । यसको  रिटेन्ड अर्निङमा ५१ करोड ४० लाख रुपैयाँले ऋणात्मक छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ४४ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ ९३ पैसा रहेको छ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १०:०५